कोरोना प्रभाव: दुई साताका लागि देशभरीका अदालत बन्द

0

काठमाण्डौं – कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि देशभरका अदालतहरु आइतबारदेखि दुई साता बन्द हुने भएका छन् ।

शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने सुनुवाई हुने छ ।


अदालतमा अत्याधिक भिडभाड हुने भएकाले जोखिम बढेको हो । सोहीकारण यसअघि नै नेपाल बार एशोसियसनले सम्पूर्ण सुनुवाई स्थगित गर्न सर्वोच्चलाई आग्रह गरेको थियो ।

Leave A Reply

Your email address will not be published.