कोरोना प्रभाव: बैशाख ३ सम्म विदेशी सहित कुनै नेपाली पनि नेपाल फर्कन नपाउने !

0

काठमाण्डौं – कोरोना भाइरसको प्रभावका कारण सरकारले युरोप सहित, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया लगायत सरकारले तोकेका मुलुकहरूबाट चैत ७ देखि बैशाख ३ गतेसम्म कोहि नेपाली वा विदेशी नागरिक नेपाल आउन नपाउने भएका छन् ।

अहिलेको अवस्थामा भिसा अवधी सकिएका वा बिरामी नेपाली नागरिक समेत नेपाल आउन पाउने छैनन् । सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रीपरिषदको कार्यलयका सचीव नारायणप्रसाद बिडारीले उक्त जानकारी दिएका हुन् ।

सरकारको उच्चस्तरीय समितिले चैत ७ गते मध्यराति देखि लागू हुनेगरी युरोप सहित खाडी मुलुक, पश्चिम् एसिया, जापान लगायतका मुलुकबाट आगमन प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।

Leave A Reply

Your email address will not be published.