चीनमा आज एक जनामा मात्रै कोरोना संक्रमण

0

चीनमा बुधबार कोरोना भाइरस संक्रमित एक जना मात्रै भेटिएका छन् । बाहिरबाट भने संक्रमण भएका एक दर्जन नागरिक आएको जनाइएको छ । भाइरस पहिलो पटक देखापरेको मध्य सहर उहानमा लगातार दोस्रो दिन एक मात्र संक्रमणको घटना पाइएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।

हुबेई प्रान्तको वरिपरि नयाँ संक्रमण पछिल्लो सात दिनमा नौभन्दा कम पाइएको बताइएको थियो । फेब्रुअरीको सुरुमा चीनको हुबेइ प्रान्तको उहान सहरमा दिनहुँ हजारौंको संख्यामा कोरोना संक्रमित हुने गरेकोमा गत हप्तामा नौ जनाभन्दा कम मात्र विरामी पाइएको आयोगले जनाएको छ ।

उहानमा गत जनवरी २३ मा ११ करोड जनालाई अलग्गै राखिएको थियो । हालैका दिनहरुमा प्रान्तको केही भागहरुमा प्रतिबन्धमा सहजता आएको छ । चीनले यो भाइरसको फैलावटलाई ‘मौलिक रुपमा रोकेको’ जनाएको छ ।

चीनमा ससाना सहरहरूले स्वस्थ मानिसहरूलाई काममा वा आफ्नो गाउँ फर्काउन अनुमति दिएका छन् । बाहिरबाट चीन पुगेका नागरिकमा देखिएको संक्रमण चीनका लागि बढ्दो चिन्ताको विषय बनेको छ । बुधबार थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण भेटिएको र यो संख्या कूल १५५ पुगेको बताइएको छ । सरकारका अनुसार प्रत्येक दिन औसत २० हजार मानिस चीनमा उडान गरिरहेका छन् । दश चिनियाँ प्रान्त र शहरहरूले विदेशबाट आएका व्यक्तिहरूलाई अनिवार्य क्वानरन्टाइनमा राखेको छ ।

चीनले गत बुधवार ११ जनाको मृत्यु भएको जनाएको छ । चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी ३ हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना संक्रमित छन् । एजेन्सी

Leave A Reply

Your email address will not be published.