प्रधानमन्त्री ओली होसमा, ‘पहिलो वाक्य उनलाई कस्तो छ ?’

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक सफल मिर्गौला प्रत्यारोपण पश्चात् होसमा आएका छन् । उनलाई अहिले आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री ओलीले होसमा आएपछि बोलेको पहिलो वाक्य भनेको ‘उनलाई कस्तो छ ?’ भनेर प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने दाता समिक्षा संग्रौलाको स्वास्थ स्थितिको बारेमा चासो राखेको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए ।

चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीको नयाँ मिर्गौलाले काम गर्न थालेको छ । ‘मिर्गौला प्रत्यारोपण पछि पिसाब पनि आएको छ । पिसाब आउनु भनेको मिर्गौलाले काम गर्नु हो ।’ एक चिकित्सकले भने ।

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ अवस्था पनि राम्रो रहेको चिकित्सकहरूले जनाएका छन् । केहि बेरमै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको अस्पतालले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.