के पूर्वराजालाई मोदी र ट्रम्पले भेटेकै हुन् ? यस्तो छ वास्तविकता

0

काठमाण्डौं – साताव्यापी धार्मिक यात्राको क्रममा भारत भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोप्य भेटघाट गरेको भन्ने आशयका समाचार र फोटो नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन् ।

तर पूर्व राजा शाह र अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदी बिच अहिलेसम्म कुनै किसमको भेटघाट भने भएको छैन् । दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पको पूर्वराजा शाहसँग भेटघाट गर्ने कुनै कार्यसूची समेत नभएको हुँदा गोप्य भेटघाटको कुरामा कुनै सत्यता नरहेको जानकारहरूको भनाइ छ ।

धार्मिक यात्रा भन्दै भारत भ्रमणमा रहेका पूर्वराजा शाहले भारतीय प्रधानमन्त्री मोदी सँग भने भेट्नको लागि प्रयासरत रहेको र त्यसको लागि आरएसएस निकट महन्तहरू मार्फत मोदी सँग भेटघाटको समय मिलाउन प्रयासरत रहेको भने खुलेको छ ।

अहिले नेपालमा सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेको उक्त तस्बिर भने सत्यतामा आधारित नरहेको भेटिएको हो । त्यसकारण त्यस्तो कुराको भ्रममा नपर्नुहुन समेत आग्रह गर्दछौं ।

Leave A Reply

Your email address will not be published.