बेल्जियमको नेपाली समुदायमा उदाउदो प्रतिभा अर्जुन शाही ”लाहुरे कान्छा” युरोपको नेपाली समुदायमा परिचित् र लोकप्रिय नाम हो । आफ्ना बुवा सँग बेल्जियमको सेन्त्रुदिन शहरमा बस्ने गायक शाही नेपाली समुदायले गर्ने धेरै जसो कार्यक्रममा आफ्नो प्रस्तुती दिईरहेका हुन्छन । अहिले सम्म अन्य गायकहरुको गीतबाट स्टेज तताउने यी युबा गायक यो बर्ष आफ्नै एलबम निकाल्ने तयारीमा छन ।
परदेशमा गीत संगीत मार्फत नेपाली भाषा र सन्स्क्रितीको सम्ब्रिद्धीका लागि सहयोग र हौसलाको अपेक्षा गर्ने शाही जस्ता धेरै प्रतिभाहरुलाई अबसर प्रदान गर्न प्रबास सँघसंस्थाहरु लागेमा अबस्य पनि नेपालीपनको सम्रक्षण र बिकासमा टेवा पुग्ने छ ।