टर्कीको दक्षिणपूर्वी क्षेत्रमा आइतबार गएको शक्तिशाली भूकम्पका कारण सातको मृत्यु भएको छ ।
इरानसँग जोडिएको क्षेत्रमा भूकम्प जाँदा अहिलेसम्म पाँच घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
भूकम्पबाट केही भवनहरु भत्किएका छन्। ५ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको असर इरानमा पनि परेको अधिकारीहरुले जानकारी दिएका छन् । भूकम्पका कारण भएको क्षतिको वास्तविक विवरण आइसकेको छैन ।