काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकको प्रमुख मुद्दा एमसीसी हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सबै सदस्य एमसीसी संशोधन पछि मात्रै पास गर्नुपर्ने निष्कर्षमा पुगेकाले आजको बैठक अर्थपूर्ण रहेको छ ।
एमसीसी बारे झलनाथ खनाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन बारे सचिवालय बैठकमा छलफल हुन लागेको हो । कार्यदलले एमसीसी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने सुझाव दिएपछि प्रधानमन्त्री ओली बाहेक सबै सचिवालय सदस्य कार्यदलको पक्षमा उभिएका छन ।
त्यस्तै आजको सचिवालय बैठकमा गोकुल बाँस्कोटा प्रकरण बारे समेत छलफल हुने बुझिएको छ । बाँस्कोटाको कमिसन माग्दै गरेको अडियो बाहिरिएपछि पार्टी र सरकारको नेतृत्व माथी नै प्रश्न उठेको भन्दै अध्यक्षद्वय प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गम्भीर छलफलको तयारीमा जुटेका हुन ।