गगन थापाले संसदमै स्वस्थानी पढेपछि …..

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री निवास बालुवाटारको ललिता निवास प्रकरणमा सत्तारूढ नेकपाका महासचिव बिष्णु पौडेल प्रती स्वस्थानी व्रतकथाको शैलीमा व्यंग गरेका हुन ।

उनले ललिता निवास प्रकरणमा उन्मुक्ति दिएका र संरक्षण दिनेमाथि व्यंग्य गरेका हुन ।

यस्तो छ संसदमा गगनले गरेको व्यंग्य

कुमारजी आज्ञा गर्नु हुन्छ । हे विष्णुमुनी । अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुनेगरी किन्नु ।

थाहपाइ हाले होइन होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यारोमा परे हत्तपत्त सामान फर्काउनु र २ पटक विष्णुविष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् ।

इति अख्तियार पुराणे कुमार विष्णु संवादे । स्वस्थानी ब्रतकथायँ। बालुवाटार प्रकरणम वर्णनाम प्रथम अध्याय धन्यवाद !

Leave A Reply

Your email address will not be published.