प्रधानमन्त्रीको संसदमा सम्बोधन स्थगित

0

काठमाण्डौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिएको विशेष सम्बोधन भएको छ । सरकारको २ बर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो ।

संसदको बैठक दिउँसो दुई बजे बस्दै छ । उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ । भोलि (शनिबार) बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।

राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित भएको हो ।

आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।

बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा छ ।

Leave A Reply

Your email address will not be published.