१६ फेब्रुअरीमा मुख्यमन्त्रीको शपथ लिँदै केजरिवाल

0

आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरिवालले दिल्लीको मुख्यमन्त्रीको शपथ १६ फेब्रुअरी लिने भएका छन् । उनी दिल्लीको तेस्रोपटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

शपथग्रहण समारोह रामलीला मैदानमा आयोजना हुनेछ । आप दिल्ली विधान सभाको चुनावमा दुईतिहाइ बहुमतका साथ विजयी भएको थियो । आपले कुल ७० स्थानमध्ये ६२ स्थान जितेको छ । दोस्रो स्थानमा रहेको भारतीय जनता पार्टीले आठ स्थानमा मात्र विजय हासिल गरेको थियो ।

यसअघि सन् २०१५ को चुनावमा आपले ६७ तथा भाजपाले ३ स्थान जितेका थिए । शिला दीक्षितको नेतृत्वमा लगातार तीनपटक चुनाव जितेर सरकारको नेतृत्व गरेको भारतीय राष्ट्रिय कंग्रेसले पछिल्ला दुवै चुनावमा खातासमेत खोल्न सकेन ।

एएनआई

Leave A Reply

Your email address will not be published.