दक्षिणकाली–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ

0

काठमाडौंको दक्षिणकाली नगरपालिका–४ का वडाध्यक्षसहित ३ जना मानव बेचबिखन आरोपमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले वडाध्यक्ष पुष्कर खड्कासँगै व्रिजगोपाल श्रेष्ठ र नवल ठाकुरलाई गत शुक्रबार सानेपाबाट पक्राउ गरेको हो ।

सानेपाको एक खाजाघरमा एक महिलाले देहव्यापार गर्ने गरेको उजुरी दिएपछि प्रहरीले छापा मारेको थियो । छापा मार्ने क्रममा वडाध्यक्ष श्रेष्ठसहित ३ जना देहव्यापार र मानव बेचबिखनमा संलग्न भएको देखिएपछि गत शुक्रबार नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.