सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

0

काठमाण्डौं – अग्नि सापकोटालाई सभामुख बनाउन नहुनेभन्दै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सर्बाेच्चमा दायर गरेको रिटको आज पनि सुनुवाई हुँदै छ । सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि व्यक्ति हत्यामा संलग्नलाई सभामुख बनाउन लागिएको भन्दै त्रिपाठीले रिट दायर गरेका थिए ।

सभामुख सापकोटाविरुद्ध मुद्दाको पेसी न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । यसअघि पहिलो दिन न्यायाधीश हरि फुयाँलको इजलासमा यो मुद्दा परेको थियो । फुयाँलले हेर्न नमिल्ने भन्दै मुद्दा पन्छाएपछि सोमबार न्यायाधीश मल्लको इजलासमा मुद्दा परेको हो ।

सभामुखमाथि लागेको अभियोगबारे सर्वाेच्चमा सोमबारबाट बहस सुरु भएको छ । पहिलो दिन निवेदकको तर्फ त्रिपाठी, सुनील पोखरेल, बाबुराम गिरी, अनन्त लुइँटेल र राजु चापागाईँले बहस गरेका थिए । न्यायाधीश प्रधानको इजलासमा मंगलबार एउटै मात्र पेसी तोकिएको छ । स्रोतका अनुसार, प्रधानले निवेदकतर्फबाट बहस गर्ने वकिलहरूलाई आफ्नो तर्क राख्न पर्याप्त समय दिएकी छन् ।

सापकोटा भने गत आइतबार प्रतिनिधिसभा मार्फत सभामुखमा निर्वाचित भएर कार्यभार सम्हालीसकेका छन् ।

Leave A Reply

Your email address will not be published.