टर्कीमा शक्तिशाली भूकम्प गएको छ ।
टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।
स्थानीय समयअनुसार शुक्रबार ८ः८ मा भूकम्प गएको थियो । टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणले ६० पराकम्पहरु मापन गरिएको जनाएको छ । उद्दारका लागी ४०० उद्दार टोली खटाइएका छन् ।
एजेन्सी