‘मिस नेपाल’ अनुष्का श्रेष्ठ बेल्जियम आउँदै

0

ड्रिम्स नेपाल बेल्जियमले युरोपमा पहिलो पल्ट आयोजना गर्न लागेको मिस नेपाल युरोपको लागि ‘मिस नेपाल’ अनुष्का श्रेष्ठ बेल्जियम आउने भएकी छिन् । आउदो आईतवार बेल्जियमको लुभेन शहरमा हुन गैरहेको ”मिस नेपाल युरोपको” बिजेतालाई ताज पहिर्‍याउन उनी बेल्जियम आउन लागेकी हुन । कार्यक्रममा मिस नेपाल अनुष्का, पूर्व मिस नेपाल सुगारिका केसी, मिस ग्लोबल नेदरल्यान्ड करोलिन कोलिन्दा लगायतको बिशेष आकर्षण रहने आयोजक ड्रिम्स नेपाल बेल्जियमले जनाएको छ ।

नेपालमा मिस नेपाल आयोजना गर्ने आधिकारिक् संस्था हिडन ट्रेजरको सहकार्यमा ड्रिम्स नेपाल बेल्जियमले मिस नेपाल युरोपको आयोजना गर्न लागेको हो । युरोपका बिभिन्न देशबाट छनोट भएका दस जना युबतीहरुले मिस नेपाल युरोपमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने छन ।

एक हप्ता देखि सहभागीहरुलाई पूर्व मिस नेपाल सुगारिका केसी न्यौपाने, गायिका नलिना चित्रकार, डिजाइनर युबी थापा लगायतले बिभिन्न बिषयमा प्रशिक्षण् दिई रहेको र कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन पूर्ण तयारी गरिएको ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापाले जानकारी गराउनु भएको छ ।

सहभागीहरुलाई हौसला प्रदान गर्न बिभिन्न संघ संस्था र ब्यक्तीहरुबाट सहयोग भैरहेको छ । बेल्जियमको सेन्तिनिकलास शहरका मेयर लिभेन देहंतसुतरले नगरपालिकामा आयोजक र सहभागी हरुलाई भेटी कार्यक्रमको सफलताको शुभकामना दिनु भएको छ भने कार्यक्रम आयोजना हुने शहर लुभेनका मेयर मोहमद रिदोआनीले शुक्रबार सहभागीहरुलाई भेट्दै हुनु हुन्छ ।

आज देखि एन्तवेरपेनमा सुरु भएको भ्याकेन्सी सालोन ( युरोपको प्रसिद्ध पर्यटकीय मेलामा ) मिस नेपाल युरोपमा सहभागी हुने नानीहरुले नेपालको पर्यटन प्रबर्धन गर्ने सामाग्री बितरण गरी भिसिट नेपाल २०२० को प्रचार प्रसार गरेका छन ।

युरोपका बिभिन्न देशका नयाँ प्रतिभाहरुको प्रदर्शन हुने कार्यक्रमलाई सहयोग र समर्थन गरी प्रबासमा हुर्की रहेको दोश्रो पुष्तालाई हौसला प्रदान गरीदिन हुन आयोजक ड्रिम्स नेपालकी अध्यक्ष योगिता थापाले युरोपको नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.