राष्ट्रियसभा चुनावको जोडघटाउ: नेकपाकै पोल्टामा

0

काठमाण्डौं – भोली अर्थात माघ ९ गते राष्ट्रियसभाको चुनाव देशभरि हुँदैछ । यो चुनावले पनि नेपाली कांग्रेसलाई फेरि थलाउने निश्चित छ । किनकी सवै तहका प्रतिनिधी संख्यामा कांग्रेस कमजोर छ ।

राष्ट्रियसभा चुनावमा भएको नेकपा र राजपाबीचको चुनावी तालमेलको । यो तालमेलले मधेसमा काँग्रेसलाई राष्ट्रिय सभामा शून्य अवस्थामा पु¥याउने निश्चित जस्तै बनाएको छ । राष्ट्रियसभाको भोली अर्थात ९ माघमा १९ पदका लागि चुनाव हुदंैछ । काँग्रेसका ७ सांसद सहित १९ सिटका लागि चुनाव हुन लागेको हो ।

आयोगले कार्यतालिका सार्वजनिक गरेकै दिन सत्तासिन नेकपा र राजपाबीच प्रदेश २ मा हुन लागेको ४ सिटको चुनावमा चुनावी तालमेल भएको छ । २÷२ सिट लिनेदिने गरी प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीका बीचमा सहकार्यको सम्बन्ध गाँसिएको छ । १९ सिटमध्ये काँग्रेसका ७, नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिवाट मनोनितमा नयाँ सांसद आउन चुनाव हुन लागेको हो ।

राष्ट्रियसभाको निर्वाचन प्रणाली एकल संक्रमणीय हो । यसपटक प्रत्येक प्रदेश (क्लस्टर) बाट एक÷एक जना निर्वाचित हुनेछन् । प्रदेश २ बाहेक ६ वटैमा प्रदेशसभा र स्थानीय तहमा सत्तासीन नेकपाको बहुमत छ । प्रदेश २ बाट निर्वा्चित हुने उम्मेदवारका हकमा भने दलगत गठबन्धनले फरक पार्नेछ । सो प्रदेशबाट राष्ट्रियसभाका चार सांसदको पद रिक्त हुँदै छ । एक महिला, एक दलित, एक खुला र एक जना अल्पसंख्यक वा अपांगता भएका व्यक्ति गरी चारवटै क्लस्टरबाट त्यहाँ चार पद रिक्त हुन लागेको हो ।

बालुवाटारको सहमतिपछि अब राजपाले एक खुल्ला र एक जना अल्पसंख्यक वा अपांगता भएका ब्यक्ति गरी दुई सिटमा र नेकपाले महिला र दलित गरी २ सिटमा उम्मेदवारी दिने छ । प्रदेश २ सभाबाट निर्वाचित हुन सत्तासीन नेकपाले मधेस केन्द्रित कुनै एक दलसँग मात्र गठबन्धन गरे पुग्ने थियो । उसले राजपासँग गठवन्धनको हात मिलाईसकेको छ । तर विपक्षी काँंग्रेसले त्यहाँ चुनाव जित्न राजपा र समाजवादी दुवै दलसँग गठबन्धन बनाउनै पर्दथ्यो ।

अब त्यहाँ काँग्रेसले चुनाव जित्ने देखिदैन । ५९ सदस्यीय राष्ट्रियसभामा काँग्रेसका १३ सांसद छन् । सात सिट जोगाउन नसके काँग्रेस ६ सिटमा खुम्चिनुपर्ने हुन्छ । अहिलेसम्मका चुनावी लेखाजोखा हेर्दा काँग्रेसले अबको ७ सिट नै गुमाउने देखिएको छ । त्यसों हुदा काँग्रेस ६ सिटमा खुम्चने देखिदैछ । सात सय ५३ स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन् ।

स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ । दुवै तहको मतभार जोड्दा ५३ हजार ५ सय ८ हुन्छ । राष्ट्रियसभा कहिल्यै खाली नहुने नीति अनुसार यो कार्यकालमा रहेकाहरुको दुई वर्षे, ४ वर्षे र ६ वर्षे कार्यकाल गोलाप्रथावाट कायम गरिएको थियो । चुनावले नेकपालाई फाइदा र काँग्रेसलाई चोट पुग्ने देखिएको छ ।

कांग्रेसको अवस्था र उम्मेदवार

सवै तहमा चुनाव हारेर पनि कांग्रेसका शिर्ष नेताहरुमा पछुतोको भाव देखिंदैन । राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार तय गरेपनि कांग्रेसले जित्ने अवस्था शुन्य जस्तै छ । तर, पनि प्रजातान्त्रिक अभ्यासलाई कांग्रेसले पालना गरेको छ ।

प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यकरअपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको आज जानकारी दिए ।यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यकरअपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) निर्वाचनमा होमिएका छन् ।

कांग्रेसले निर्वाचनमा प्रदेश नं २ मा समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ । उक्त सहमतिअनुसार प्रदेश नं २ मा हुने चार सदस्य पदको निर्वाचनमा काँग्रेस र समाजवादी पार्टीले दुईरदुई पदमा उम्मेदवारी दिनेछन् ।

नेपालको संविधानअनुसार राष्ट्रियसभाका सदस्यको पदावधि छ वर्षको हुन्छ । संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रियसभाका एक तिहाई सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् ।

कांग्रेस सभापित शेरबहादुर देउवा र समाजवादी अध्यक्ष उपेन्द्र यादवबीच प्रदेश २ मा हुने राष्ट्रियसभा चुनावको ४ पदमा मिलेर अघिबढ्ने सहमति भएको थियो । प्रदेश २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि यसअघि नै चुनावी तालमेल गरिसकेका छन् ।

यो निर्वाचनमा यसपटक सत्तारुढ दल नेकपा फाइदामा जानेछ । राष्ट्रिय सभाको माग ९ मा हुने चुनावमा १८ मध्ये १६ सिट नेकपाले जित्ने देखिएको छ । चुनावमा यसअघि जितेको सिट मध्ये कांग्रेसले सात र समाजवादीले एक सिट गुमाउने भएका हुन् ।

नेकपा र राजपाबीच सहमति भएसँगै प्रदेश दुई बाट रिक्त हुने राष्ट्रिय सभाका चार सिटमा नेकपा र राजपाले २ र २ सिट बाँडफाँट गरेका छन् । यससँगै राजपाले यसअघिको आफ्नो दुई सिट जोगाउने भएको छ । कांग्रेस र समाजवादीले प्रदेश दुईमा सहमति गरेपनि त्यसले नेकपा राजपा गठवन्धनलाई खासै असर पर्ने देखिएको छैन ।

यसअघि प्रदेश २ बाट छानिएकामध्ये राजपाका दुईजना र कांग्रेस र समाजवादीका १ र १ सीटमा यसपालि नेकपा र राजपाले २ र २ सीट लिने गरी प्रदेश २ का लागि गठबन्धन गरेका हुन् । राष्ट्रिय सभामा रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसको १३ मध्ये ७, राजपाका २ मध्ये २ जनै र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि फागुन २० गते सकिन लागेपछि भोली विहिवार चुनाव हुन लागेको हो । राष्ट्रियसभा माथिल्लो सदन भएपनि तल्लो सदन प्रतिनिधीसभाले पास नगरि कुनै पनि विधेयक लागु हुन सक्दैन ।

Leave A Reply

Your email address will not be published.