धादिङमा मिनिट्रक दुर्घटना ६ जनाको मृत्यु २० घाइते

0

काठमाण्डौं – धादिङको निलकण्ठ नगरपालिका – ८ मा मिनिट्रक दुर्घटना हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन ।

धादिङको प्रसिद्ध तीर्थस्थल ढोलामण्डलीको दर्शन गरेर फर्किएका तीर्थयात्री बोकेको ग १ ख ८०१२ नम्बरको मिनिट्रक सडकमै पल्टेको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने गम्भीर घाइतेलाई काठमाडौ ल्याउने तैयारी थालिएको छ । सामन्य घाइतेको जिल्ला अस्पतालमा उपचार भै रहेको छ ।

मिनिट्रकमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनाको कारण अहिलेसम्म पत्ता नलागेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.