ओली – मोदी कनेक्सन: ब्यापारदेखि राजनीतिसम्म

0

काठमाण्डौं – नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विच गहिरो समशैली देखिएको छ । प्रचारमुखीमा यी दुवै नेता निकै महत्वकांक्षी मात्र छैनन्, जनतामा लोकप्रिय हुन नयाँ शैली पछ्याउन सिपालु पनि छन् । यसै बर्ष मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तारको विद्युतीय प्रयोगद्धारा वटम थिचेर शुरुवात गरेका ओली र मोदीले आज मंगलवार विराटनगरको एकिकृत जाँच चौकी उहि शैलीमा उद्घाटन गरेर घनिष्ठता दर्शाएका हुन् ।

भिडियो मार्फत नै दुवै जनाले एक अर्का देशको अवस्थाका वारेमा सोधपुछ गरेका थिए । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिए । २०७५ सालको वैशाखमा ओलीले निमन्त्रणा गरेपछि मोदी नेपाल आएका थिए । मोदीले मुस्ताङको मुक्तिनाथ मन्दिर, जनकपुरको भ्रमण गरेका थिए । उनि अहिलेसम्म ३ पटक औपचारिक रुपमा नेपाल आइसकेका छन् । सन २०१४ मा उनले नेपालको दुई पटक भ्रमण गरेका थिए ।

पछिल्लो समय नेपाल–भारत सम्बन्धमा अभुतपूर्व प्रगति भएको देखाउन ओलीले मोदीसंग गाढा सम्वन्ध विस्तार गरेको अड्कल धेरैले गरेका छन् । आज मंगलबार भिडियो वार्ता मार्फत संयुक्त रुपमा एकिकृत जाँच चौकी उद्घाटनका क्रम ब्यक्त गरेका बिषयले पनि यी दुई प्रधानमन्त्री दुवै देशसंगको सम्वन्धलाई अन्तराष्ट्रिय रुपमा प्रगाढ भएको देखाउन चाहन्छन् भन्ने संकेत गरेको छ ।
आजको भिडियो वार्तामा मोदीले ओलीको निकै प्रशंसा गरेका थिए । ‘ओलीको चाहना, योजना र सहयोगका कारण त्यो सम्भव भएको भन्दै मोदीले भने, ‘तपाईंको सहयोगमा बितेका केही वर्षमा भारत–नेपाल सम्बन्धमा अभुतपूर्व प्रगति देख्न पाइयो । हाम्रो सहयोग र विकासमा साझेदारी तीव्र रुपमा बढेको छ ।’

मोदीले नयाँ वर्षमा दुई देशको सम्बन्ध थप उचाइमा पुर्याउने बताए । ‘नयाँ वर्षमा हाम्रो सम्बन्धलाई थप उचाइमा लग्ने छौं,’ उनले भने, ‘यो देशक नेपाल –भारत सम्बन्धका लागि स्वर्णिम दशक बनोस् ।’ मोदीले सम्बोधनको सुरुमा नेपालीको हाल खबर सोध्दै नयाँ वर्षको शुभकामना पनि दिए । नयाँ वर्ष २०२० को शुभकामना दिन्छु,’ उनले भने, ‘नयाँ वर्ष मात्रै होइन नयाँ दशक शुरु भएको छ । यो नयाँ दशक सबैका लागि खुसी र शान्ति लिएर आओस् । दुवै देशमा अघिल्लो हप्ता सक्रान्ति पर्व मनाइयो । तपाईंहरुलाई पनि सक्रान्ति पर्वको शुभकामना ।’ पछिल्लो ५ महिनामा भिडियो कन्फ्रेन्स मार्फत् दोस्रो पटक आयोजना उद्घाटन गरेको भन्दै मोदीले यो नेपाल–भारत सम्बन्धको प्रतिक पनि भएको बताए । उनले भारत नेपालको विकासको एक विश्वसनीय मित्र भएको पनि बताए । ‘भारत–नेपालको विकासमा एक विश्वसनीय साथीको भूमिका निभाइ रहेको छ,’ मोदीले भने । ‘छिमेकी पहिलो नीति’ नीति आफ्नो सरकारको प्राथमिकतामा रहेको भन्दै मोदीले नेपाल–भारतबीचको सम्पर्क सञ्चाल विस्तारले त्यो काम गर्ने बताए ।

भूकम्पका बेला दुःखमा परेका नेपालीलाई सहयोग गर्न पाएको भन्दै मोदीले भने, ‘सबै भारतीयलाई गर्व छ कि नेपालको भूकम्पका बेला भारतले नेपालसँग मिलेर काम गर्ने अवसर पायो । एउटा मित्रका रुपमा त्यो हाम्रो यो कर्तव्य थियो । गोरखा र नुवाकोटमा भएको पुनर्निमाण देखेर खुसी लागेकोछ ।’

मोदीले ४०÷५० हजार घरको पुनर्निर्माण भइसकेको भन्दै बाँकी घरको पनि चाँडै पुनर्निर्माण गरेर हस्तान्तरण गर्ने बताए । मोदीले ओलीको स्वास्थ्य लाभको कामना गर्दै ओलीले दिएको नेपाल भ्रमणको स्वीकार गरे । उनले प्रधानमन्त्री ओली र नेपालीको जनता प्रेमले नेपालतिर खिचिरहेको भन्दै यो वर्ष नेपाल आउने कार्यक्रम बनाउने बताए ।

‘यो वर्ष नेपाल आउने कार्यक्रम बनाइरहेको छु,’ मोदीले भने, ‘तपाई (ओली)सँग समय बिताउनेछु । तपाईंले प्रेम सहित जुन निमन्त्रणा दिनुभयो मैले गर्व महसुस गरिरहेको छु । तपाईं र नेपाली नागरिकको प्रेमले मलाई नेपालतिर खिचिरहेको छ । म अवश्य पनि नेपाल आउने कार्यक्रम बनाउने छु ।’

उता ओलीले पनि भारतलाई नचिढाउने गरि विवादित बिषय संवादवाटै हल गर्ने वचन दिएका छन् । ओलीले मोदीको उच्चसम्मानलाई नेपालले प्रशंसा गर्ने र असहमत कुराहरु वार्ता वाटै समाधान खोजिने वचन दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले नेपालसंगको सम्बन्धलाई राजनीति र ब्यापारिक रुपमा नजिक वनाउँदै लगेका विश्लेषण धेरैले गरेका छन् । मोदीमा रणनीति कुशलता अन्य नेतामा भन्दा माथि रहेकोले छिमेकी राष्ट्रसंग खासगरि नेपालको सम्बन्धमा मोदी सचेत देखिएका धेरैको बुझाई रहेको छ । मोदीसंग पनि ओलीले उच्च सम्वन्ध कायम गर्न सफल भएको जानकारहरु वताउँछन् ।

Leave A Reply

Your email address will not be published.