संविधानसभाबाट राजीनामा दिन्छु : आरजु

0

काठमाडौं, ३० आषाढ । नेपाली कांग्रेसका सभसद आरजु राणा देउवाले संविधानको प्रारम्भिक मस्यौदामा वंशजको आधारमा नागरिकता दिने प्रावधानमा संशोधन गरिएन भने आफुले संविधानसभाबाट राजीनामा दिनसक्ने बताएकीछिन ।
संविधानसभाका अधिकाँश सदस्यहरु महिला अधिकार र समानताका पक्षमा नरहेको बताउदै राणाले भनिन्– “प्रारम्भिक मस्यौदालाई संशोधन गर्न सकिएन भने अब बन्ने संविधानमा पनि महिला समानताको सुनिश्चित हुने छैन।” आज बुधबार बिहान ईमेज एफएमसंग कुरा गर्दै सभासद राणाले भनिन्– “संविधानसभामा अब कुनै नैतिकता छैन भन्ने लाग्न थालेको छ , मैले यसो भनिरहदा सभामुखले निष्काशन गरे भने पनि तयार छु।”
मुलुक अझै पनि पितृसत्तात्मक व्यवस्थामा रहेकाले यसलाई चिर्न अब आमजनता जाग्नु पर्ने राणले बताईन । “सबै नेताहरु महिला अधिकारका नाममा घण्टौ भाषण गर्न सक्छन तर कानुन बनाएर अधिकारसम्पन्न बनाउने कुरामा सधै पछाडि हड्छन् ,योभन्दा दुःखको कुरा के हुन सक्छ”, राणाले भनिन् ।
“संविधानसभामा रहेका महिला सभासद एक हुन नसकेका कारण संविधानमा महिला अधिकारको ग्यारेण्टी गराउन गाह्रो भएको उनले बताईन।

Leave A Reply

Your email address will not be published.