बलात्कार गर्नेलाई बाह्र वर्ष कैद

0

चितवन, ३० असार । चितवन जिल्ला अदालतले १४ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवालाई १२ वर्षको कैद सजाय सुनाएको छ । पूर्वी चितवन कठार गाविस–३ का ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई सो अदालतका न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले मङ्गलबार सो कैदको फैसला सुनाएको नायब सुब्बा जयनारायण आचार्यले जानकारी दिनुभयो । चन्द्रबहादुरले २०७१ जेठ २४ गते बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिका अहिले आदर्शगृहको संरक्षणमा रहेकी छिन् ।

Leave A Reply

Your email address will not be published.