इरान आणविक सम्झौता विश्व उन्नतिका लागि मार्गचित्र

0

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्झौता इरानको अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध स्थापित गर्ने मौकाको लागि नवीनतम् सुरुवात भएको बताउनुभएको छ । “सम्झौताले विश्व गतिविधिलाई अगाडि बढाउनका लागि एक मौका दिएको छ । हामी सबैले यसलाई अनुशरण गर्नु पर्छ ।” अमेरिकी राष्ट्रपति ओवामाले भन्नुभयो ।
यसैबीच राष्ट्रसङ्घका महासचिव बानकी मुनले इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौतालाइृ मुक्तकण्ठले प्रशंसा गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वा ले जनाएको छ । इरानले आणविक विषयमा महासचिव मुनले भियनामा भएको इरानको आणविक विषयमा “ऐतिहासिक सहमतिको स्वागत गर्दै यो संवादबाट आउनसक्ने परिणामको एक कडी भएको जनाउनुभएको छ ।”
फ्रान्सका राष्ट्रपति फेन्कोइस होल्यान्डेले इरानको आणविक कार्यक्रमका सम्बन्धमा भएको सम्झौता संसारको उन्नतिका लागि मार्गचित्र भएको जनाउनुभएको छ । अब इरानले समृद्ध आर्थिक सामथ्र्य राख्नसक्ने छ किनकी उ माथि कुनै किसिमको बन्देज रहने छैन । आफ्नो टेलिभिजन संवादमा फ्रान्सेली राष्ट्रपति होल्यान्डेले बताउनुभयो ।
उहाँले थप्नुभयो, ‘इरानले अब आफू सिरियामा भइरहेको युद्ध अन्त्य गर्न विश्वजगत्को प्रयासमा सहयोग गर्नुपर्छ ।’अष्ट्रियाको भियनामा भएको छलफलमा विश्वका मुख्य छ शक्तिराष्ट्र चीन, फ्रान्स, जर्मनी, रुस, बेलायत र अमेरिका साथै इरानले गत दुई हप्तादेखि विभन्न चरणमा छलफल गरेका थिए । अन्तत छलफल एक सय पाना लामो सम्झौता गरी टुङ्गिएको हो । सम्झौताको इरानी जनताले पनि स्वागत गरेको त्यहाँका समाचार माध्यमहरूमा जनाइएको छ ।यद्यपि त्यहाँका राजनीतिक दल भने यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेका छैनन् । त्यसैगरी बेलायतले इरानको आणविक कार्यक्रम सम्बन्धमा भएको सम्झौतालाई ऐतिहासिक आणविक सहमति भनेको छ ।

Leave A Reply

Your email address will not be published.