देउवा दिक्क !

0

काठमाण्डौं – पछिल्लो पटक उग्र वनेको कांग्रेसको विवाद साम्य हुने संकेत देखिएको छ । सभापति शेरवहादुर देउवाले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन निकटका नेतासंग परामर्श थालेका छन् । पार्टी भित्रको किचलोप्रति स्वंय देउवा पनि दिक्क भएको ति नेताले जानकारी दिए ।

राजधानी काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरुको ज्ञापनपत्र बुझेका देउवाले पार्टीलाई सहमति तर्फ लैजाने पहल गर्ने भएका छन् । आज (विहिवार) जिल्ला सभापतिहरुको ५ बुँदे ज्ञापनपत्र पढेपछि देउवामा परिवर्तन देखिएको स्रोतले जनायो ।

देउवाको राजनीति चरित्र निरंकुश नभई पार्टीकै चरित्र जस्तै भएको यसका जानकारहरु वताउँछन् । देउवा निकटका ब्यक्तिका कारण नै स्वंय उनि दिक्क छन् । निकटका ब्यक्तिहरुले भनेको नमाने भड्किने डर र मानेर जाँदा सवै पक्षलाई समेट्न नसकिने समस्यावाट देउवा दिक्क वनेका जानकारहरु बताउँछन् । देउवा राजनीति रुपमा लहडी हुन् । तर, कट्टर होइनन् । कुनै वेला गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र र पछि कृष्णप्रसाद भट्टराईका निकट वनेका देउवा आँफुलाई सजिलै परिवर्तन गर्न सक्ने नेतामा पर्छन् ।

पार्टी भित्र प्रजातान्त्रिक विधीको आवाज उठाउने देउवा स्वंय नेतृत्वमा पुगेपछि जिम्मेवारीवाट पन्छिन खोजेको अड्कल गर्नेहरु पनि छन् । उनि भन्दा उनका निकट नेताहरुले देउवालाई संचालन गरिरहेका जानकारहरु बताउँछन् । काँग्रेसमा अधिकांश पुराना नेताहरु आँफुलाई विपी कोइराला जस्तै ठान्ने प्रवृति पुरानै रोग हो । देउवा पनि यसवाट मुक्त छैनन् । देउवा लगायत रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, कृष्ण सिटौला लगायतले इतिहासको जानकारी राख्ने भन्दा आँफै विपी जस्तो महसुस गर्दा पार्टी भित्र मतभेद बढेको अनुमान छ ।
धेरैले आँफैलाई विपी जस्तै सोचेर पार्टी संचालनमा गोलमाल भएको विश्लेषक तथा वरिष्ठ पत्रकार किशोर नेपालको दावी छ । ‘तर, अझै पनि कांग्रेसको पद्धति विग्रेको छैन, उनले भने, सुधार्न सकिन्छ ।’ सभापति लगायत सवैले जिम्वेवारवोध गरेमा विरामी भएको कांग्रेस स्वस्थ्य हुने उनले बताए ।

कांग्रेस निकटका वुद्धिजिवीहरुको सुझाव पनि पत्रकार नेपालको जस्तै छ । कांग्रेस भित्रको आन्तरिक मतभेद ठुलो होइन । नेता कार्यकर्ता संच्चिन नखोज्नु र नेतृत्वले संच्याइन नचाहनु गंभिर हो । देउवाको अग्रसरताले कांग्रेस फेरि राजनीति लयमा फर्केर अब्बल हुने सुझाव धेरैको छ । किनकी देउवा स्वंय सभापति मात्र होइनन्, अहिले कांग्रेसका नेता मध्ये पुराना नेता पनि हुन् । नेविसंघको निर्वाचित संस्थापक सभापति वनेर लामो समय काम गरेका र बिपी कोइरालादेखि पछि सवै बरिष्ठ नेताहरुसंग काम गरेको अनुभवले देउवा पार्टी भित्रको किचलो साम्य पार्ने क्षमता राख्छन् । अव उनले आसेपासेलाई नहेरी समग्र पार्टी हेरेर निर्णय गरेमा समाधान उनकै हातमा रहेको विश्लेषकहरुको भनाई छ । देउवालाई दिक्क निकटका नेताहरुवाट भएको केहि राजनीतिज्ञको अनुमान छ ।

पछिल्लो पटक संस्थापन पक्षले २०७७ साल फागुन ७ गते १४ औं महाधिवेशन वोलाएपछि इतरपक्षले असहमति राख्दै आएको छ । यो मतभेद जिल्ला सभापतिहरुको भेलासम्म आएर छताछुल्ल भएको छ । संभवत अवका केहि दिनमा कांग्रेस भित्रको चरम मतभेद समाधान हुने विश्वास एकथरि नेताले गरेका छन् । यसमा सभापति देउवाकै प्रमुख भुमिका रहेको उनलाई सबैले सुझाइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.