माइतीघरमा गगनको गर्जन ‘विधेयक नपढिकन आयो भन्ने, हामिलाई हेप्नी’

0

काठमाण्डौं – चर्चित युवा नेता गगन थापाले सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले गगन थापाले विधेयक नपढेरै बोलेको भनेर लगाएको आरोपको खण्डन गरेका छन ।

बास्कोटाको आरोपको प्रतिवाद गर्दै नेता थापाले ‘म विधेयक नपढीकन आएको होइन, पढेर बुझेर आएको हो । नपढिकन आयो भन्ने, हामिलाई हेप्ने’ भन्दै बास्कोटाकै शैलीमा प्रश्न गरे ।

सरकारले ल्याएको सुचना प्रविधि विधेयकको विरोधमा नेपाल विद्यार्थी संघले आज (बिहिवार) माइतीघरमा आयोजित कार्यक्रममा थापाले उक्त धारणा राखेका हुन ।

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा नेता थापाले सञ्चारमन्त्री बास्कोटा सँग यो विधेयकको बिषयमा छलफल गर्न समेत आफू तयार रहेको उल्लेख गर्दै ‘विधेयकमा छलफल कहाँ गर्ने ?’ संसदमा, सिंहदरबारमा, माइतीघरमा वा बास्कोटाको कार्यलय धुम्बाराहिमा छलफल गर्ने ? भन्दै प्रश्न समेत गरे ।

सरकारले आफ्नाे विराेध गर्नेहरुलाई तह लगाउन विधेयक ल्याउन खाेजेकाे थापाकाे आराेप छ। उनले भने , ‘याद गर्नुहोला, श्री ६ बडामहारानी विद्या भण्डारीकी जय ! श्री ५ महाराजधिराज केपी ओलीकी जय ! श्री ३ महाराजधिराज प्रचण्ड की जय ! भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो’

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै नेविसंघले प्रदर्शन गरेके हाे।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको हो। विधेयकमार्फत सरकारले समाजिक सञ्जालमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ।

Leave A Reply

Your email address will not be published.