के अष्ट्रेलियन आगलागीको विश्वव्यापी असर पर्छ ?

0

गत सेप्टेम्बर देखी अष्ट्रेलियन जंगलमा लागिरहेको आगलागी खतराको स्तर भन्दा निकै बाहिर गै सकेको छ ।

चार महिना सम्मको निरन्तरको आगलागीले अष्ट्रेलियन वायुमण्डलमा आफ्नै प्रणाली समेत विकसित गरेकाले त्यसको असर विश्वव्यापी हुने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन । 

आगलागीका कारण हावामा विषाक्त धुँवा फैलिदाँ पुर्वी अष्ट्रेलियामा जिवनयापनमा निकै कठिनाइ उत्पन्न भएको र विस्थापितहरुको संख्यामा निरन्तर वृद्धि भै रहेको समाचार प्राप्त भएको छ । 

तिव्र गतिको हावाका कारण उद्दारकार्यमा बाधा पुर्‍याई रहेको बताईएको छ । अहिलेसम्म ५० करोड भन्दा जनावरको मृत्यु भएको कुरा सार्वजनिक भै रहेका छन । 

अष्ट्रेलियन डढेलोले सिंगो वायुमण्डललाई नै असर पुगेको र यसले वायुमण्डललाई मात्रै प्रभावित नपारेर स्थानीय मौसम प्रणालीलाई नै असर गरेको र पुरानै अवस्थामा फर्कन निकै समय लाग्ने बताईएको छ । 

अष्ट्रेलियामा आगलागीले व्यापक जनधनको क्षति पुर्‍याएपछि नेपालले आज (सोमबार) औपचारिक रुपमा दु:ख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार आज परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्ना अष्ट्रेलियन समकक्षी मराइज प्यानलाई समवेदना पत्र पठाएका छन ।

तिव्र गतिको वायु र लगातार बढ्दो तापक्रमका बिच अष्ट्रेलियामा आइतबार र सोमबार परेको वर्षाले थोरै राहत पुर्‍याएको भएपनी यही वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी अष्ट्रेलियन सरकारले जारी गरेको छ । 

Leave A Reply

Your email address will not be published.