असन्तुष्ट कांग्रेस जिल्ला सभापतिहरुको भेला सानेपामा सुरु

0

काठमाण्डौं – संस्थापन पक्षहरुसँग असन्तुष्ट संस्थापन इतर पक्षको भेला कांग्रेस पार्टी कार्यलय सानेपामा सुरु भएको छ ।

भेलामा कम्तीमा ५२ जिल्लाका जिल्ला सभापतिहरु उपस्थित हुने भनिएपनी सम्मेलनमा ४१ जिल्लाका जिल्ला सभापतिहरु सहभागी भएका छ्न ।

बहुमतको आधारमा विधान संशोधन सहित पार्टीका विभिन्न विभागहरु गठन गर्ने तथा १४ औं महाधिवेशनको कार्यतालिका समेत बहुमतको बलमा पास गरिएको विरोधमा नेपाली कांग्रेसको असन्तुष्ट समुहले उक्त निर्णय खारेज गर्न माग गर्दै सभापति शेरबहादुर देउवा विरुद्ध दबाबमुलक कार्यक्रम संचालन गरिरहेको छ ।

पार्टीले लिने प्रत्येक निर्णय विधानसम्मत हुनुपर्ने, विधानमा व्यवस्था भएको भन्दा फरक निर्णय गर्नु परेमा विधानमा नै व्यवस्था गरिएको संशोधनको प्रक्रिया बाट गर्नुपर्ने, पार्टी महाधिवेशन जस्तो पार्टी जिवनको महत्त्वपूर्ण अवसरलाई सबैको भावनाको सम्मान हुनुपर्ने गरि यससम्बन्धी निर्णय गर्दा व्यापक सहमतिको आधारमा गर्नुपर्ने ।

पार्टी सदस्यताको वितरण, मुल्यांकन र संकलनको अभियान आरम्भ गर्नुपर्ने, राष्ट्रिय एकता र मेलमिलापको भावना अनुरुप सहमति, सहकार्य, सहअस्तित्व र समझदारीलाई पार्टी भित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनु पर्ने असन्तुष्ट समुहको माग छ ।

एकदलीय कम्युनिस्ट अधिनायकवादतर्फ मुलुकलाई जबर्जस्ति लैजाने कोशिश भैरहेका बेला सारा अलोकतान्त्रिक प्रयत्नका विरुद्ध वृहत् लोकतान्त्रिक एकता निर्माण गरेर जानुपर्ने ऐतिहासिक दायित्व बोकेको आफ्नै पार्टीभित्र उल्टै अनुदरता र असहिष्णुता देखिनु दुख:द भएको जिल्ला सभापतिहरुको ठहर छ ।

भेलामा ४१ जिल्ला सभापतिहरुका साथै महामन्त्री शंशाक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्री प्रकाशमान सिंह, युवा नेता गगन थापा लगायत सहभागी छ्न । असन्तुष्ट समुहका नेता कृष्ण सिटौला अनुपस्थित रहेपनी सिटौला समुहका नेताहरू भने सहभागी भएका छन ।

Leave A Reply

Your email address will not be published.