नेकपामा गुटबन्दी मौलाउँदै, ओली–दाहाल–नेपालबीच प्रतिस्पर्धा

0

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा गुटगत राजनीति थप मौलाएको छ । यसअघि विशेष गरी पार्टीभित्र देखिएको ३ गुट पछिल्लो समय केही संख्यामा बढेको देखिएको हो । पार्टी एकता प्रक्रियामा भएका भागबण्डादेखि पछिल्लो समय राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लागउँदासम्म नेताहरुको स्वार्थ देखियो । स्वार्थ भनेकै गुट बलियो बनाउनु भन्दा फरक नपार्ला ।

सत्तारुढ दल नेकपाभित्र पार्टीको कुनै पनि निर्णयमा विशेष गरी अध्यक्षद्धय पुष्पकमल दाहाल, केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालको निर्णयक भुमिका देखिएको आएको थियो । तर केही समय यता पार्टीभित्र दाहाल, ओली र नेपालसंगै पार्टीमा प्रभावशाली नेताका रुपमा मानिदै आएका बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले समेत भागबण्डा लिन थालेका छन ।

नेकपाको पछिल्लो निर्णय राष्ट्रिय सभाको निर्वाचनको लागि उम्मेदवार छनोटको विषयलाई हेर्ने हो भने पनि १६ जनाको नाम टुंगो लगाउदां ५ जना शिर्ष नेताहरुले आ–आफ्ना पक्षधरका नेताहरुलाई भागबण्डा गरेका छन । समग्रमा नेकपाको गुट हेर्ने हो भने अहिले पनि पूर्व माओवादी केन्द्र र पूर्व नेकपा एमालेको रंग देखिने गरेको नेता भीम रावल बताउँछन् ।

सभामुख छान्ने विषयमा नेकपाभित्र देखिएको दुइ अध्यक्षविचको विवाद पनि गुटगत राजनीतिकै नतिजा हो । नेकपामा यसअघि देखि नै ओली, दाहाल र नेपाल विच देखिदै आएको गुटपनि फेरबदल हुदै आएको छ । बामदेव गौतम मूलत पूर्व नेकपा एमाले भएकाले अध्यक्ष ओली निकट हुनुपर्ने हो । तर उनी दाहाल निकट मानिन्छन् ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न गौतमले गरेको प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए । दाहालले भने समर्थन गरेको बताइएको छ । वरिष्ठ नेता भएर पनि झलनाथ खनालले गुटको नेतृत्व गरेको पाइदैन । तर खानल सरकार र पार्टी संचालनप्रति सन्तुष्ट देखिदैनन् । उनको धारणा सुन्दा ओली निकट हुन नचाहेको जस्तो देखिन्छ ।

नेताहरु स्वार्थ पूरा गर्नका लागि गुट परिवर्तन गर्ने प्रवृत्ति छ । बामदेव गौतम पूर्व एमाले भएर पनि दाहाल निकट भएजस्तै पूर्व माओवादी भएर पनि रामबहादुर थापा ओली निकट हुन चाहेको अनुमान गरिन्छ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने योगेश भट्टराई मन्त्री भएपछि ओली निकट हुन खोजेको नेपालको आशंका छ । जसले गर्दा भट्टराईले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कामप्रति नेपालले असन्तुष्टी पोखेका छन् ।

माथिल्लो तहमा मात्रै होइन नेकपाको प्रदेश तहको पार्टि संरचनामा समेत ठुलै उत्तरचढाव देखिएको छ । सचिवालय बैठकले प्रदेश ३ को नाम र राजधानीको बारे गरेको निर्णयप्रति प्रदेश ३ का संसादहरु नै विभाजित देखिएका छन । केहीले पार्टीको केन्द्रले गरेको निर्णय माननुपर्ने बताएका छन भने धेरैले प्रदेशले टुंगो लगाउनुपर्ने विषयमा केन्द्रले हस्तक्षेप गरेर केन्द्रियता लादेको भन्दै चर्को विरोध गरीरहेका छन । नेकपाभित्र अहिलेको गुटगत राजनीति आगामी महाधिवेशनमा बलियो बन्ने अभियानका रुपमा लिइएको छ ।

Leave A Reply

Your email address will not be published.