मोबाइलको ब्याट्री नटिकेर हैरान हुनु भएको छ ? यसरी टिकाउनुस् ब्‍याट्री

0

काठमाण्डौं – के तपाई मोबाइलको ब्याट्री नटिकेर हैरान हुनु भएको छ? पावर बैंक बोकेर हिड्दा समस्यामा हुनुहुन्छ। यदि हुनुहुन्छ भने
मोबाइल ब्‍याट्रीको समस्याबाट यसरी मुक्त रहनुस्।

वाईफाई ब्लुटुथ र जीपिएसलाई काम पर्दा मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस्।कुनै बेला हामि बिना काममा पनि यी खोलेर राख्छौँ।

कुनै ठाउँमा वाइफाइको सुविधा नै छैन तर वाईफाई खुली राखेको हुन्छ वा कसैलाई कुनै फाइल पठाउनको लागि ब्लुटुथ खोलेपछि बन्द गर्न बिर्सनु भएको छ भने बन्द गर्नुस्, यसले तपाइको मोबाइलको ब्‍याट्री अपत भइरहेको हुन्छ।

तपाइको मोबाइलमा भएका यस्ता फिचरलाई जब आवश्यक पर्छ तब मात्र खोल्नुहोस नत्र बन्द गर्नुहोस्।

यसका साथै मोबाइलमा अटोमेटिक एप अपडेट्सलाई एक्टिभ राख्‍नु भएको छ भनेब न्द गर्नुस्। यसले पनि तपाइको मोबाइलको ब्‍याट्री जोगाउनमा मद्दत गर्दछ।

यस्तै प्राय मानिसहरु प्लेस्टोरमा अटो एप अपडेटलाई अन गरेर छाडि दिने गर्छन्। यदि यस्तो गर्नु भएको छ भने बन्द गर्नुस्।यसले मोबाइलको वाइफाइ वा इन्टरनेट अन हुने बित्तिकै एप आफै अपडेट हुन्छ र ब्याट्री बढी खपत हुने गर्दछ।त्यसैले अटो अपडेलाई बन्द गर्नुहोस्।

यदि मोबाइलमा टच गर्दा वा टाइप गर्दा जुन साउन्ड आउँछ। त्यो साउन्डलाई बन्द गर्नुहोस्। किनकि त्यसको कुनै आवश्यकता नै छैन।जुन साउन्ड आवश्यकनै छैन। ती सबै साउन्डलाई अफ गर्नुहोस्।

ययसका साथै आफ्नो आवश्यकता अनुसार ब्राइटनेस् म्यानुल्लीलाई कम गर्नुहोस्। त्यसैगरी स्क्रिन टाइम आउट पनि कम राख्नुहोस्। कुनै बेला तपाईको मोबाइलमा नोटिफिकेसन आयो। त्यो तपाईले हेर्नुभयो।

हेरेपछि स्क्रिन टाइम आउट कम छ भने ठिकै छ। यदि स्क्रिन टाइम आउट २ मिनेट, ५ मिनेट, १० मिनेट छ भने तपाईको ब्याट्रीको पावर खर्च हुन्छ। त्यसैले तपाईको स्क्रिन टाइम आउट १५ सेकेण्ड ३० सेकेण्ड राख्नुहोस्।

यसैगरी मोबाइलमा लाइभ वालपेपरको साटो स्ट्याटिक फोटोको प्रयोग गर्नुहोस्। यदि तपाईको फोनमा एमोलेड वा ओलेड स्क्रिन छ भने प्लेन ब्ल्याक वालपेपरको प्रयोग गर्नुहोस्।

यदि तपाईको मोबाइलमा डार्क मोडको सुविधा छ भने यसको प्रयोग गर्न सक्नु हुन्छ। जसले गर्दा ब्याट्रीको आयू बढी हुन्छ।

यसैगरी मोबाइलमा ब्याग्राउन्डमा विभिन्‍न एपले डेटा खपत गरिरहेका हुन्छन्। जसले गर्दा ब्याट्रीको पनि खपत धेरै भइरहेको हुन्छ।

यसको लागि सेटिङमा गएर आफूलाई नचाहिएको एपको लागि ब्याकग्राउन्ड डेटा बन्द गर्नुस्। यसले डेटा र ब्याट्री खपत कम गराउँछ।

प्राय मानिसहरु जस्तो पायो त्यस्तै मोबाइल चार्जरहरु प्रयोग गरिरहेका हुन्छन्। सकभर डुप्लिकेट चार्जर प्रयोग नगर्नुहोस्। यसले गर्दा तपाइको ब्याट्री राम्रोसँग चार्ज नहुने र ब्याट्रीको आयू पनि घट्दै जान्छ।

मोबाइल चलाउनेहरु गुगलको गुगल असिस्टेन्ट र आइफोनको सिरी बढी चलाइरहेका हुन्छ। यस्तो नगर्नुस् यसले गर्दा तपाईको फोनमा माइक्रोफोन अन हुन्छ र यसले गर्दा ब्याट्री खपत पनि धेरै हुन्छ।

यदि तपाईले फोन उठाउनु भयो भने फोनको डिस्प्ले आफै अन हुने वा डिस्प्लेमा हात घुमाएपछि डिस्प्ले आफै अन हुने फिचर एक्टिभ गरिरहनु भएको छ भने यसलाई बन्द गर्नुस् किनकी यसको प्रयोगले सेन्सरलाई लगातार अन गराउँछ र ब्याट्रीको खपत समेत बढी गराउँछ।

Leave A Reply

Your email address will not be published.