विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु २० घाइते

0

काठमाण्डौं – गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेर विजयी ¥यालीसहित घर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन् । शनिबार राति साढे ९ बजे जिल्लाको त्रिवेणी गाउँपालिका–४, को दलुगैराखोलामा लु३त ९०९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा १६ विद्यार्थीसहित २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कबिराज रोकायले जानकारी दिए ।

गाउँपालिका–५, को विद्या विकास मावि जिवाङको कक्षा ८ का १७ वर्षीय दलबहादुर विकको मृत्यु भएको उनले बताए । दुर्घटनामा सोही विद्यालयका साथै वडा नं. ४ मा रहेको अन्धनाशक मावि खुम्चेरीका १६ विद्यार्थी र बाजा बजाउन गएका ४ जना गाउँले घाइते भएका छन् ।

घाइतेमध्ये तीन जना विद्यार्थी र एक जना बाजा बजाउनेको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक रोकायले बताए । उनीहरुलाई थप उपचारको लागि नेपालगञ्ज पु¥याइएको छ । गाउँपालिका–४, का १४ वर्षीय कमल परियार, १५ वर्षीय कुलबहादुर केसी, १८ वर्षीय दीपेन्द्र परियार र रनिङ शिल्डमा बाजा बजाउन गएका सोही ठाउँका ३१ को वीरेन्द्र दमाइलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीको भनाइ छ ।

अन्य १६ जनाको जिल्ला अस्पताल सल्ले र त्रिवेणी–२, का स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर सडकभन्दा झण्डै २५ मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन भने चालक गणेश परियार फरार रहेको प्रहरी निरीक्षक रोकायले बताए । शिल्ड समापनछि घर फर्किरहेका विद्यार्थी रात परेपछि दुई वटा ट्याक्टरमा चढेका थिए । उक्त गाउँपालिकाको रनिङ शिल्ड अन्धनाशक माविले जितेको छ ।

Leave A Reply

Your email address will not be published.