बेरुजु फर्छ्र्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट

0

काठमाण्डौं – गृह मन्त्रालय अन्तर्गतका निकायहरु मध्ये बेरुजु फर्छ्र्यौट मापनको वर्गीकरणमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ ।

आर्थिक वर्ष २०७४र०७५ सम्मको बेरुजुलाई ८८.५० प्रतिशत बेरुजु फर्छ्यौाट गराई नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकोमा नगद १० हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गरेका छन् ।

बेरुजु फर्छ्यौकटमापनको वर्गीकरणमा गत आर्थिक वर्षमा पनि नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.