असफल मुख्यमन्त्री शंकर पोखरेललाई अर्थमन्त्री बनाउँदै राष्ट्रपति !

0

प्रदेश नम्बर ५ का असफल मुख्यमन्त्री शंकर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारी अर्थमन्त्री बनाउँने दाउमा छिन् ।

राष्ट्रपति भण्डारीको चाहानामा सरकारद्धारा मनोनित राष्ट्रिय सभामा उनलाई प्रतिनिधित्व गराईने तयारी भएको छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ । फगुन २० गते १९ जना सांसदको कार्यकाल सकिँदैछ भने एकजना सरकारद्धारा मनोनित हुनेछन् ।

अहिले अर्थमन्त्री डा.युवराज खतिवडा सरकारद्धारा मनोनित व्यक्ति हुन् । उनको कार्यकाल पनि फागुन २० गते सकिदैछ । त्यही ठाउँमा राष्ट्रपतिले पोखरेललाई ल्याउने चाहाना गरेकी छिन् ।

पोखरेल यसअघि सुचना तथा संचारमन्त्री समेत भैसकेका छन् । प्रदेश नं. ५ को मुख्यमनत्री रहेका उनि पूर्णत असफल भैसकेका छन् ।

संसद सुरु भएको २ वर्ष वितिसक्न लाग्दा पनि अझै नाम र राजधानी टुंग्याउन सकेका छैनन् । फेरि उनै असफल मुख्यमन्त्रीलाई केन्द्रमा ल्याएर अर्थमन्त्री बनाउँने दाउ रहेको छ ।

नेकपाले ५ नम्बर प्रदेशमा पूर्वमाओवादीलाई मुख्य मनत्री र कर्णाली प्रदेशमा पूर्व एमालेलाई मुख्यमन्त्री बनाउँने दाउँमा छ ।

Leave A Reply

Your email address will not be published.