समाजवादीले सरकार छाड्यो, यादवको राजिनामा (पत्रसहित)

0

काठमाण्डौं – समाजवादी पार्टीले सरकार छोडेको छ । पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले मंगलबार राजिनामा बुझाउँदै सरकार छोडेको घोषण गरेका हुन् । यादवकै नेतृत्वमा समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

यादवले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा दिएका हुन । यावसँगै सहरी विकासमन्त्री मोहम्मद इस्तीयाक राईले समेत सरकारबाट बाहिरिएका छन् । सरकारमा समाजवादीका तर्फबाट ३ मन्त्री सामेल थिए ।

यसअघि सरकार पुनरगठनका क्रममा स्वास्थ्य राज्यमन्त्री रहेका सुरेन्द्र कुमार यादवलाई हटाईएको थियो भने यादवलाई कानुनमन्त्रालयको जिम्मेवारी दिएको थियो ।

सोमबारको मन्त्रीपरिषद बैठकमा यादवले संविधान संशोधनको प्रस्तावको ठोस कार्ययोजना राख्न चाहेपनी प्रधानमन्त्रीले अस्वीकार गरेकोले अहिले संविधान संशोधनको सम्भावना नरहेको ठहर गर्दै सरकारबाट समाजवादी बाहिरीएको हो ।

संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी वर्तमान सरकारमा सहभागी भएको थियो । संविधान संशोनको प्रस्ताव मन्त्रीपरिषदमा एजेण्डाको रुपमा राख्नको लागी प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी सरकारबाट बाहिरिएको हो ।

Leave A Reply

Your email address will not be published.