सभामुख चयनको प्रक्रिया एक हप्ता पर धकेलियो !

0

काठमाण्डौं – संघीय संसदको सभामुख चयनको प्रक्रिया एक हप्ता पर धकेलिएको छ । संसदमा सभामुख चयनको प्रक्रिया आगामी पुस ११ गते बाट मात्रै शुरु हुने भएको छ । यसका लागि एक हप्ता संसद बैठक स्थगित गर्ने तयारी समेत गरिएको छ ।

आज (शुक्रबार) संसद भवन बानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बैठकले आगामी शुक्रबार अपरान्ह बस्ने संसद बैठक बाट सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

संसदको हिउँदे अधिबेशन भने आज ( शुक्रबार) बाटै सुरु हुँदै छ । आज बाट सुरु हुन लागेको संसद बैठकको अध्यक्षता भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्ने सहमति पनि जुटेको छ ।

Leave A Reply

Your email address will not be published.