बजेट आज सार्वजनिक हुने

0

काठमाडौं, २९ आषाढ । आगामी आर्थिक वर्षको बजेट मंगलबार (आज) सार्वजनिक हुँदैछ । अर्थमन्त्री डाक्टर रामशरण महतले आज अपरान्ह बस्ने व्यवस्थापिका संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अर्थमन्त्री डाक्टर महतले ८ खर्ब २१ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने बताइएको छ । बजेटमा कर्मचारीको तलब बढ्ने र विकास खर्च नघटाइने बताइएको छ । बजेटमा पुनर्निर्माणलाई प्राथमिकता राखिने भएको छ । राष्ट्रिय योजना आयोगले तोकेको ८ खर्ब ४१ अर्ब रुपैयाँको सिमाभित्रै रहेर सरकारले बजेट ल्याउने भएको हो ।

Leave A Reply

Your email address will not be published.