अध्यक्ष दाहाल आज भारत जाने

0

काठमाडौं, २९ आषाढ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल साताव्यापी भ्रमणका लागि आज भारत जाँदै छन् । अध्यक्ष दाहाल मंगलबार अपराह्न ४ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा हुन लागेको भ्रमणका बेला अध्यक्ष दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराजलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।
अध्यक्ष दाहालले भेटवार्ताका क्रममा नेपालको संविधान लेखन प्रक्रिया, दुई पक्षीय सहयोग आदान–प्रदान तथा भारत र चीनबीच भएको लिपुलेकसम्बन्धी सम्झौतालगायतका विषयमा छलफल गर्ने बताइएको छ । संविधानको मस्यौदा जनताबीच पुगेका बेला एकीकृत माओवादीका अध्यक्ष दाहाल भारत भ्रमणतर्फ लाग्नुलाई कतिपयले आलोचना गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पनि साउन १३ गते भारत जाने तयारी गरिरहेका छन् ।

Leave A Reply

Your email address will not be published.