चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको निधन

0

नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण मृत्‍यु भएको छ । आईतवार राती छातीमा पिडा भए पछि ओम अस्पताल पुर्याइएका भट्टराईको उपाचारका क्रममा मृत्‍यु भएको लेनिन बिष्टले जानकारी गरlएका छन ।

श्रीमती र एक सन्तानका पिता भट्टराईलाई तत्कालीन अध्यक्ष निकिता पौडेलले राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, लगायतका हिट चलचित्र भट्टराईले निर्माण गरेका हुन् । पछिल्लो पटक २१ चैतमा उनले निर्माण गरेको नयाँ चलचित्र यात्राप्रदर्शन भएको थियो ।भट्टराई लामो समयदेखि चलचित्र निर्माण तथा अभिनयमा सक्रिय रहदै आएका थिए ।

भोली पुष एक गते हेटौंडामा आयोजना गरिएको मोफसलमा नेपाली चलचित्र सम्बन्धी अन्तर्कृया कार्यक्रमका प्रमुख अतिथी रहेका अध्यक्ष भट्टराईको निधनको खबर पाए पछि कार्यक्रम स्थगित गरिएको स्थानीय पत्रकार एबम आयोजक मणिराज गौतमले बताएका छन ।

Leave A Reply

Your email address will not be published.