घुसकाण्डमा मुछिएका सीडीओविरुद्ध तरुण दल सडकमा उत्रियो

0

काठमाण्डौं – दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) खगेन्द्र रिजालविरुद्ध चरिकोटमा तरुण दलले विरोध प्रदर्शन गरेको छ । मुद्दाका प्रतिवादीसँग कार्यकक्षमै सवा लाख घुस मागेको भनी विवादमा तानिएका रिजालमाथि छानबिन र कारवाही गर्न माग गर्दै शुक्रबार बिहान सदरमुकाम चरिकोट बजारमा प्रदर्शन गरेका छन् ।

मातृ पार्टी नेपाली कांग्रेसको जिल्ला कार्यालयबाट निस्केको जुलुस बजारका विभिन्न भागको परिक्रमा गर्दै सातदोबाटोमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा तरुण दलका जिल्ला अध्यक्ष दावासाङ्गे शेर्पाले घुस प्रकरणमा मुछिएका सिडियो तत्काल जिल्ला छाडेर जान चेतावनी दिए ।

विराेध प्रदर्शनमा सहभागीहरुले घुसकाण्डमा मुछिएका सीडीओमाथि निष्पक्ष छानबिन र कारवाही गर्न पदबाट तत्काल निलम्बन गर्न माग गरे ।प्रदर्शनमा एक सय जनाभन्दा बढी सहभागी थिए । उनीहरु मातर् पार्टी र तरुण दलकाे झण्डा बाेकेर चर्का नाराबाजी गरेका थिए ।

जिल्लाको मेलुङ गाउँपालिका–४ भेड्पुका ४० बर्षिया कुमार लामा प्रतिवादी रहेको अभद्र व्यवहार र कालिञ्चोक गाउँपालिका–१ का २८ वर्षिया ईन्द्र पाख्रिन र उनका ५१ वर्षिया बाबु उदिम तामाङ प्रतिवादी रहेको सार्वजनिक सुरक्षाविरुद्धको मुद्दाका अभियुक्तहरुलाई थुनछेक बहसका क्रममा धरौटीमा रिहा गर्दा सीडीओ रिजालले बुधबार ९० हजार र ३५ हजारका दरले दुवै अभियुक्तका परिवारबाट १ लाख २५ हजार रुपैंयाँ घुस लिएको र यसबारे हल्लीखल्ली मच्चिएपछि रकमलाई पत्रिका पोको पारेर फिर्ता गरेको घटना सार्वजनिक भएको थियो ।

Leave A Reply

Your email address will not be published.