
”ड्रिमस नेपाल बेल्जियमले” युरोपमा पहिलो पटक आयोजना गर्न लागेको ”मिस नेपाल युरोप” का लागि बेल्जियमबाट प्रतियोगीहरुको छनोट गर्न यही शनिबार डेसेम्बर सात तारिख हेरेन्टको होटेल कारपिनसमा छनोट प्रतियोगिताको आयोजना गरेकोछ ।
बेल्जियमको नेपाली समुदायका नयाँ प्रतिभाहरुलाई अडिशनमा भाग लिएर आफ्नो प्रतिभाको प्रस्तुती गरी ब्यक्तित्व बिकास र क्यारियरलाई नयाँ तरिकाले अगाडि बढाउन यो ऐतिहासिक अबसरमा सहभागि हुन ड्रिम्स् नेपालकी अध्यक्ष एबम एनआरएनएको युरोप महिला सन्योजक योगिता थापाले आह्वान गर्नु भएकोछ ।
बेल्जियममा हुर्की रहेको नयाँ पुस्तालाई नेपालको कला सन्स्क्क्रिती र नेपाली पहिचान सँगै उनीहरुमा भएको ज्ञान र आधुनिक बिकासका आयामहरु बारे जानकार बनाउन र कलाकारिता, मोडलिङ, बक्तित्वकला जस्ता बिषयमा उनीहरुको भबिष्य उजागर गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वाश गरिएको छ ।
मिस नेपाल युरोपमा भाग लिने प्रतियोगीहरु छनोट गर्न अहिले सम्म फ्रान्स फिनल्यान्द् अस्ट्रिया, आयरल्यान्ड नर्वे, लगायतका देशहरुमा अडिशन सम्पन्न भै प्रतियोगी हरु छनोट भै सकेका छन भने बेल्जियम, लग्जेम्बर्ग, स्विटजरल्यान्ड नेदरल्यान्ड,जर्मनी लगायतका देशहरुमा अडिशन सकिए पछी जनवरी २६, २०२० मा बेल्जियममा मिस नेपाल युरोपको आयोजना गरिने ड्रिम्स् नेपाल बेल्जियमले जानकारी गराएको छ ।