
पर्बत् जन्मथलो भै बेल्जियममा बसोबास गरीरहेका नेपालीहरुले जिल्लाबासीको एकता र जन्मथलोमा परोपकारी काम गर्ने उद्यस्य सहित् गठन गरेको पर्बत् समाज बेल्जियमको चौथो अधिबेशन यही डिसेम्बर आठ तारिक आईतवार एन्तवेरपेनको मेर्कसेममा हुने भएकोछ ।
अधिबेशनमा संस्थाको हाल सम्मका उपलब्धी र आगामी कार्ययोजनाका बारेमा छलफल हुनुका साथै नेपालका चर्चित लोक गायक कृष्ण गुरुङ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने सान्स्कृतिक कार्यक्रम पनि हुने जानकारी संस्थाले गराएको छ ।
समाजले वेल्जियममा रहेका विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकार, कलाकार, बेल्जियमबासी दाजुभाइ दिदीबहिनी तथा आमाबुवामा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।