बैकल्पिक उर्जा मार्फत थवाङको विद्युतीकरणको काम ६ महिना भित्र सकीने

0

काठमाण्डौं – उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुन `अनन्त´ को बिशेष सक्रियतामा रोल्पाको थवाङ गाउँपालिकामा निर्माण हुन लागेको १५० किलोवाटको सोलार मिनिग्रीड प्रोजेक्ट ६ महिनाभित्र निर्माण कार्य सम्पन्न हुनेगरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उर्जामन्त्री पुनको बिशेष उपस्थितमा बिशेष उपस्थितिमा वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी र निर्माण कम्पनी सुर्यदय उर्जा प्रा. ली. का तर्फबाट नवीन भुजेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

थवाङमा निर्माण हुन लागेको सौर्य परियोजना नेपालको हालसम्मकै सबैभन्दा ठूलो सौर्य मिनी ग्रीड हुनेछ । यो परियोजना नेपाल सरकार र एशियाली बिकास बैंकको संयुक्त लगानीमा निर्माण हुन लागेको हो । 

मन्त्री पुनको गृहजिल्ला समेत रहेको रोल्पाको थवाङ गाउँपालिका तत्कालीन माओवादी बिद्रोहको केन्द्रको रुपमा परिचित छ । 

Leave A Reply

Your email address will not be published.