संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा औपचारिक रुपमा शुरू

0

संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएको बीबीसीले जनाएको छ । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ ।

फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले गाजा क्षेत्र, हैटी, युक्रेन, अफ्रिका लगायतमा भईरहेको हिंसा अन्त्यको पहल गर्न अन्तर्राष्ट्रिय जगतलाई आह्वान गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.