दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिने

0

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज राजीनामा दिनु हुने भएको छ । उहाँले जाँड–रक्सीजन्य पदार्थसम्बन्धी घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ पदबाट राजीनामा दिने बताउनुभएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गएको २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताउनुभएका केजरीवालले राजीनामा दिन लाग्नुभएको हो । उहाँको आम आदमी पार्टीले अब नागरिकबाट इमानदारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ । केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गर्नुभएकाे थियाे ।

आम आदमी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ । केजरीवालकी पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको भारतीय सञ्चारमाध्यम ‘द हिन्दू’ ले जनाएको छ । नयाँ मुख्यमन्त्रीका रूपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.