यादवले गरे कानून मन्त्रीको पदभार ग्रहण

0

काठमाण्डौं – उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून मन्त्रालयको पदभार ग्रहण गरेका छन् । उनी शुक्रबार मात्र भारतबाट फर्किएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । यसअघि यादवले सम्हाल्दै आएका स्वास्थ्य मन्त्रालय खोसेर कानून दिइएको थियो ।
उनी नेतृत्वको पार्टी समाजवादी पार्टीभित्र सरकार छाड्ने कि बस्ने भन्ने विषयमा व्यापक बहस चलिरहेको बेला उनले पुनर्गठनबाट प्राप्त कानून मन्त्रालयको पदभार ग्रहण गरेका हुन् ।

उक्त पार्टीको तर्फबाट ओली नेतृत्वको सरकारमा उनी एक्ला मन्त्री हुन् । सरकार छाड्नुपर्ने दबाब पार्टीभित्र व्यापक बन्दै गएको पार्टीका नेताहरु बताउँछन् । छठपछि पार्टीले सरकार छाड्ने धारणा सो पार्टीका संचार विभाग प्रमुख रामप्रसाद रिजालले पटकपटक राख्दै आएका छन् ।

कानून मन्त्रालयको पदभार ग्रहणका क्रममा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले पार्टीले सरकार छाड्ने भनेर निर्णयगरिनसकेकोले आफूले पदभार ग्हण गरेको बताए ।

Leave A Reply

Your email address will not be published.