कास्कीको उपचुनाव कांग्रेसले नै जित्ने होः प्रवक्ता शर्मा

0

कास्की – प्रतिनिधिसभाका लागि कास्कीको क्षेत्र नम्बरको उपचुनाव नेपाली कांग्रेसले जित्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले गरेका छन् ।

चुनाव २ हजारभन्दा बढी मत ल्याएर आफ्नो पार्टीले जित्ने तथ्यांकगत आकलन समेत सुनाए । कांग्रेसले यो उपचुनाव क्षेत्रमा खेमराज पौडेललाई उम्मेद्वार उठाएका छन् ।

सोमबार पोखरामा पत्रकार भेटघाटका क्रममा संचारकर्मीले कास्कीको उपचुनाव प्रसंगबारे गरेका जिज्ञासामा कांग्रेसका प्रवक्ता शर्माले सो दाबी गरेका हुन् ।

यहाँको चुनाव सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुँदैछ । उपचुनावको मिति नजिकिँदै गर्दा साना दलहरुको समर्थन लिने होडबाजी समेत शुरु भएको छ ।

प्रतिनिधिसभा, प्रदेश र स्थानीय तहका खाली पदमा यही १४ गते उपचुनाव हुँदैछ । सरकारको जनविरोधी निर्णय र काण्डैकण्डा मुछिएको सरकार नेतृत्वको नेकपाप्रति वितृष्णा बढेको दाबी कांग्रेसको छ ।

Leave A Reply

Your email address will not be published.