महराको मुद्दामा उच्च अदालतले भन्याे- कैफियत प्रतिवेदन पेश गर

0

काठमाण्डौं – बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि डिल्लीबजारस्थित सदरखोरमा राखिएका निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्दा उच्च पाटन अदालतले हेर्ने भएको छ ।

आफूले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग सहित उच्च अदालत पाटनमा वारिसमार्फत पुगेका महराको निवेदनमा उच्च अदालत पाटनले शुक्रबार आदेश दिँदै महराको मुद्दाको सम्पूर्ण मिसिल पेश गर्न भनेको छ ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले महरालाई थुनामा राख्नुको कारण र आधारसहित कैफियत प्रतिवेदन पेश गर्न जिल्ला अदालत काठमाण्डौंलाई आदेश दिएको छ ।
महराले दायर गराएको निवेदनमा जिल्ला अदालत काठमाण्डौंले पुर्पक्ष थुनामा राख्ने भनी गरेको आदेश बदर हुनुपर्ने माग गरिएको छ ।

सभामुख छँदाको बेला संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा चलेको मुद्दामा उनलाई कार्तिकको अन्तिम हप्ता काठमाडौं जिल्ला अदालतको आदेशले जेल पठाएको थियो । महरा गएको असोज १९ गते पक्राउ परेका थिए ।

Leave A Reply

Your email address will not be published.