संक्रमणकालिन न्यायीक आयोगमा पदाधिकारी नियुक्ति प्रती द्वन्द्व पिडितको आपत्ति

0

काठमाण्डौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) द्वारा संचालित दस बर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र बिद्रोहीद्वारा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई कार्वाही र पिडितलाई न्याय दिने परिकल्पना सहित गठन गरिएका दुबै संक्रमणकालिन न्यायिक आयोग ( सत्यनिरुपण तथा मेलमिलाप एंब बेपत्ता छानवीन आयोग ) मा नयाँ अध्यक्ष सहित सदस्यहरुको नाम तय गरेको सार्वजनिक भए सँगै द्वन्द्वपीडित हरुले आपत्ति जनाएका छन् ।

द्वन्द्वपीडित साझा चौतारीले संक्रमणकालिन आयोगमा अध्यक्ष र सदस्यहरुको नाम राजनैतिक दलका शिर्ष नेताहरुले गत शुक्रबारको बैठकबाट सिफारिस भएको सार्वजनिक भए सँगै आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुबै आयोगमा अध्यक्ष र सदस्यहरुको नियुक्तिगर्ने जिम्मेवारी सहित गठित सिफारिस समितिलाई निर्देशन गर्ने गरि भएको उक्त निर्णयले संक्रमणकालिन न्याय सम्बन्धि संयन्त्रहरु निष्पक्ष र स्वतन्त्र नहुने स्पष्ट भएको ठहर गर्दै राजनीतिक दलहरुबिच भएको भनिएको उक्त सहमतीले संक्रमणकालिन न्याय सम्बन्धि आयोगहरु निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा हुनेपर्नेमा आफ्नो अडान यथावत राखेको छ ।

यस्तै पुर्व बाललडाकुहरुको संस्था बहिर्गमित पुर्व लडाकुले पनि आफ्नो धारणा द्वन्द्व पीडित साझा चौतारिको जस्तै संक्रमणकालिन आयोगहरुमा निष्पक्ष, स्वतन्त्र र पारदर्शी प्रक्रियाद्वारा हुनुपर्ने अडानराख्दै आफुहरुको मुद्दालाई पनि संक्रमणकालिन न्यायिक प्रक्रियाको मुल धारमा प्रवेश गराउन पनि सरकारसँग माग गरेको छ । चारदिशा सँग कुरा गर्दै पुर्व बाल लडाकुका अध्यक्ष लेनिन बिष्टले भने – “ हुन त प्रत्यक्ष रुपमा संक्रमणकालिन दुबै आयोगले हाम्रो मुद्दालाई सम्बोधन गर्ने कुनै कानुन नै छैन । तर पनि हामी संक्रमणकालिन न्यायिक आयोगको नियुक्तिलाई नजिकबाट नियालिरहेका छौं । ´´ आयोगमा पदाधिकारी नियुक्ति भन्दा पनि ऐन संशोधन आफुहरुको पहिलो प्राथमिकता रहेको उनको भनाई छ ।

यस्तै द्वन्द्वपीडित राष्ट्रिय संजालले भने संक्रमणकालीन न्यायिक आयोगमा नियुक्ति प्रक्रियाप्रती प्रश्न उठाएको छ । संजालका नवनियुक्त अध्यक्ष गोपाल शाहले चरादिशासँग भने – “ आयोगको पदाधिकारी को नियुक्त भयो भन्दा पनि कसरी नियुक्ति भयो भन्ने कुरा महत्त्वपूर्ण हो । ´´ उनले भने पदाधिकारी नियुक्ति भन्दा पनी ऐन संंसोधन संजालको प्राथमिकतामा रहेको उनको भनाई छ ।

यसैबीच सत्यनिरुपण तथा मेलमिलाप एंब बेपत्ता छानवीन आयोगमा राजनैतिक दलको सिफारिसमा सिफारिस समितीले अध्यक्ष तथा सदस्यको सिफारिस गर्ने भने पनि अहिलेसम्म कुनै नाम भने सिफारिस गरीसकेको छैन । सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेशदत्त भट्टलाई नियुक्ति गर्ने तयारी अन्तिम चरणमा पुगेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए । उता बेपत्तामा भने अध्यक्ष सहित पुरानै पदाधिकारी दोहोरिने स्रोतले जनाएको छ । भने सत्यनिरूपण एंब मेलमिलाप आयोगमा माधवी भट्ट र श्रीकृष्ण सुवेदी दोहोरिने तथा दुई नयाँ सदस्यको नाम सिफारिस हुने स्रोतको दावी छ ।

Leave A Reply

Your email address will not be published.