प्रधानमन्त्रीलाई कालापानीबारे छलफल गर्न राज्यव्यवस्था समितिले बोलायो

0

काठमाण्डौं – भारतले मिचेको नेपाली भूमि कालापानी क्षेत्रबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई राज्य व्यवस्था तथा सुशासन समितिले बोलाएको छ ।

सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको दबाब जारी राखेपछि भोलि सोमबारको बैठकमा प्रधानमन्त्रीलाई समिति बैठकमा आमन्त्रण गरिएको समिति सचिवालयले जनाएको छ ।

भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा गामेर राखेको पाइएपछि नेपालमा व्यापक विरोध जारी छ । भारतले भने नयाँ नक्सामा भारतको भूमिलाई मात्र समेटिएको अडान राख्दै आएको छ ।

समितिमा सत्ता पक्ष र विपक्षी गरी १७ संसाद छन् । सरकारले शनिबार आयोजना गरेको सर्वदलीय बैठकबाट भने लिपुलेक नेपालको भूमि भएको सर्वसम्मत भनाई अघि सारेको छ ।

Leave A Reply

Your email address will not be published.