विष्णु रिजालको प्रश्न– मेयर हारेकाको योग्यता पुग्ने, कर्णालीको नपुग्ने ?

0

काठमाण्डौं – प्रदेश प्रमुख सिफारिसप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा असन्तुष्टि झाँगिएको छ ।

आइतबारको सचिवालय बैठकले सातै प्रदेशमा प्रमुख सिफारिस गरेको थियो । पार्टीको निर्णयप्रति वरिष्ठ नेता माधवकुमार नेपालले लिखित असहमति राखेका छन् । उनले व्यक्तिप्रति विमति नरहेको तर पद्धति मिचिएको भन्दै असन्तुष्टि जनाएलगत्तै उनी निकट नेताहरूको पनि असन्तुष्टिको स्वर सुनिन थालेको छ ।

पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

उनले मेचीनगर नगरपालिकामा पराजित भएका विष्णु प्रसाईंलाई पनि प्रदेश प्रमुख बनाइएको तर कर्णाली उपेक्षामा परेको भन्दै रोष प्रकट गरेका हुन् । “अन्तका मेयर हारेकाको योग्यता पुग्दोरहेछ । तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ ?” उनले ट्विट गर्दै प्रश्न गरेका छन् ।

Leave A Reply

Your email address will not be published.