हिरासतमा छोरा भेट्न जाँदैगर्दा सुवेदीलाई हृदयघात

0

काठमाण्डौं – सत्तारुढ नेकपा नेता रोल्पाबासी झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

छोरा सन्तोष सुवेदी ‘प्रयास’ विप्लव नेकपाका रोल्पा सेक्रेटरी रहेका बेला असोज ३० मा दाङको राजापुरको मुङग्राठेबाट गिरफ्तार भएयता दाङ प्रहरीको हिरासत राखिराखेको अवस्थामा उनलाई भेट गर्न सुवेदी त्यता जाँदै थिए ।

नीजि गाडीमा जाँदैगर्दा थानकोट पुग्दा सुवेदी सोमबार दिउँसो गाडीमै बेहोस भएका थिए ।। त्यसलगत्तै फिर्ता ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले उनलाई हृदयघात भएको पुष्टि गरेका थिए ।

दाङ जाने क्रममा थानकोट नपुग्दै सुवेदी गाडीभित्रै बेहोस भएका थिए । त्यसपछि गाडी फर्काएर नर्भिक अस्पताल ल्याएर उपचार गरिएको उप्रेतीले बताए ।

उपचारमा संलग्न चिकित्सकले बताएअनुसार सुवेदीको मुटुको दायातर्फको भल्भ पूर्णरूपमा बन्द भएको थियो जसलाई शल्यक्रिया गरेर खुलाइएको छ । सुवेदीको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ । सुवेदीको स्वास्थ्य खतरामुक्त रहेको बताइएको छ ।

सुवेदी शान्ति तत्कालीन जनयुद्धरत पार्टीमा नेता थिए । पछि शान्ति प्रक्रियामा आएपछि पहिलो संविधानसभा २०६४ मा काटमाडौंको कोटेश्वर क्षेत्रबाट एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई परास्त गरेर सभासद बनेका थिए । त्यसपछि उनी चर्चाको केन्द्र बने ।

पहिलो संविधानबाट संविधान बनाउन असफल भएपछि सभासदबाट बाहिरिएको केही समयमै सुवेदीलाई असन्तुष्ट पक्षधरका युवाले कोटेश्वर तीनकुनेमा झापड हानेका थिए । त्यसबेला पनि उनी चर्चामा आएका थिए ।

Leave A Reply

Your email address will not be published.