प्रदेश नं २ का प्रमुखमा नियुक्त परियार को हुन् ?

0

काठमाण्डौं – सत्तारुढ नेकपाकाे सिफारिसमा सरकारले साेमबार प्रदेश प्रमुखमा नियुक्त गरेकामध्ये एकजना तिलक परियार पनि हुन् । परियार जनयुकालीन नेता हुन् ।

क्रान्ति पूरा नहुँदै शान्ति प्रक्रियासँगै संसदीय व्यवस्थामा आएपछि पुनगर्ठित एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डलाई त्यागेर २०६९ असारबाट वैद्य नेतृत्वको नेकपा–माओवादीमा रहेका परियार वैद्यलाई पनि छाडेर विप्लव नेतृत्वको पार्टीमा लागे ।

तर २०७१ मा आएर उनी स्वास्थ्य र उमेरका कारण देखाएर क्रान्तिबाट हात झिकेर पुनः प्रचण्डकै नेतृत्वको पार्टीमा फर्किए । त्यतिन्जेलसम्म प्रचण्डको पार्टी नेकपा (माओवादी केन्द्र) मा परिणत भइसकेको थियो । जसलाई नेकपा माके भनेर चिनिथ्यो ।

२०७५ जेठ मा आइपुग्दा नेकपा माके केपी शर्मा ओली नेतृत्वको संसदवादी दल नेकपा (एमाले)सँग एकता गरेपछि नेकपा बन्यो । परियार पनि त्यसैमा पछि लाग्दै आए । २०७४ को चुनावबाट नेकपा सत्तारुढ दल बन्यो ।

सत्तारुढ नेकपामा परियार पार्टीमा गुमनाम थिए । अहिले परियारलाई पार्टीको सिफारिसमा सरकारले प्रदेश २ नम्बरका प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।

परियारले विप्लव नेतृत्वको पार्टी छाड्दा उमेरकै कारण क्रान्तिमा सक्रिय भूमिका निभाउन नसक्ने बताउँदै सल्लाहमै पार्टी त्याग गरेका थिए । पार्टी त्याग गरेपनि परियारले आफू जहाँ रहेपनि पार्टीविरुद्ध कुनै गतिविधि र सुराकी नगर्ने प्रतिवद्धता जनाएका थिए । तैपनि प्रचण्डसँगै पुगेपछि पनि पार्टीले प्रतिद्धता सम्झाइराख्नु पर्ने स्थिति देखा परेको स्रोत सम्झन्छन् । प्रचण्डले उनलाई पटकपटक लाभको पद दिलाउने आश्वसन दिइरहे पनि योपटक भने उनले पद पाएका छन् ।

रोल्पामा जन्मिएका परियार पहिलो संविधान सभा २०६४ मा बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । दोस्रो संविधानसभा २०७० को निर्वाचनमा वैद्य नेतृत्वको पार्टीबाट चुनाव बहिस्कार अभियानमा सक्रिय थिए । २०७१ मा विप्लव नेतृत्वको पार्टीमा शुरुमा केन्द्रीय सदस्य तथा दलित राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय संयोज हुँदै पछि केन्द्रीय सल्लाहकार बने । परियार २०७१ मा भएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सँगै थिए ।

Leave A Reply

Your email address will not be published.