राष्ट्रिय नागरिक पार्टीले दियो चितवन उपनिर्वाचनका लागि चौधरीलाई टिकट

0

काठमाण्डौं – आगामी मंसिर १४ मा हुन लागेको उपचुनावका लागि राष्ट्रिय नागरिक पार्टीले उम्मेद्वारको नामावली टुंग्याउँदै लगेको छ । उम्मेद्वार टुंगो लागिसकेको क्षेत्रमा टिकट वितरण कार्य पनि शुरु गरेको छ ।

प्राप्त सामाचार अनुसार राष्ट्रिय नागरिक पार्टीले प्रतिनिधि सभा सदस्यका लागि एकमात्र क्षेत्र कास्कीको २ नम्बर निर्वाचन क्षेत्रमा नाम टुंगो लाग्न बाँकी रहेपनि तल्लो तहमा टुंगिने क्रम जारी रहेको छ ।

यसैबीच उक्त पार्टीले चितवन जिल्लाको खैरहनी नगरपालिका बडा नं ५ मा हुन गइरहेको निर्वाचनका लागि स्थानीय बलराम चौधरीलाई उम्मेद्वारको टिकट दिएको छ ।

‘चितवनको खैरहनी नगरपालिका बडा नं ५ का वडाध्यष पदका लागि बलराम चौधरीलाई उम्मेद्वारको टिकट दियौं’ पार्टीका केन्द्रीय अध्यक्ष शुक्रबहादुर गुरुङले अनलाइनपाना डटकमलाई जानकारी दिए ।

बाँकी क्षेत्रको लागि क्रमशः उम्मेद्वारी टुंग्याउँदै र टिकट वितरण जाने बताए । स्थानीय, प्रदेश र केन्द्रसहित तीन तहका गरी ५० स्थानमा उपचुनाव हुँदैछ ।

Leave A Reply

Your email address will not be published.